0Shares

काठमााडौं, २६ भदौ । सामान्य विवादमा घरबेटीको कुटाइबाट काठमाडौंमा एकको ज्यान गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । महर्जनले चौधरीलाई काठको चिरानले हिर्काउदा घाइते भएको प्रहरी समक्ष बताएका छन् ।

घाइते भएपछि चौधरीलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि महर्जनलाई प्रहरीले पक्राउ गरि अनूसन्धान गरिहेको बताइएको छ ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement