वीर अस्पतालमा ७१ जनालाई कोरोना लागेपछि सेवा बन्द
5Shares
नेपालकै सबैभन्दा पुरानो मानिने वीर अस्पतालका डाक्टर र नर्स गरी एकैचोटि ७१ जनामा आज कोरोना पोजिटिभ पाइएको छ । यी सबैलाई जमलस्थित एल्लो पगोडा होटलको आइसोलेसनमा लगेर राख्ने तयारी हुँदैछ । चिकित्सकहरुमै यति ठूलो परिमाणमा भाइरस संक्रमण भेटिएपछि भोलि र पर्सीका लागि ओपिडी सेवा बन्द गरिएको छ ।
उपत्यका यसरी झन् भन्दा झन् खतरनाक स्थितिमा प्रवेश गर्दै गरेको अवस्था हो । सर्वसाधारण जनताले अझै बढी सतर्कता अपनाउनुपर्ने खाँचो यसले देखाउँछ ।
- जनआस्थाबाट साभार
5Shares
सम्बन्धित खवर
-
चितवन,बैशाख १९- ठोरी छोटी भन्सार ...
-
रुपन्देही, वैशाख २०- ...