0Shares

पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४० हजार ५२९ जना पुगेको छ।

मंगलबार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३०  संक्रमित थपिएका छन्।

देशभर ७२८० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  २२ हजार १७८ उपचारपछि निको भएका छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement