0Shares

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार तेजाबी सुनको मूल्य भने तोलाको ९४ हजार ९ सय तोकेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार पुगेको थियो । मंगलबार पनि सुनको मूल्य प्रतितोला  ८०० ले घटेको थियो ।बुधबार चाँदीको मूल्य तोलाको १२ सय १० रुपैयाँ कायम गरिएको छ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्यमा गिरावट आएको छ ।प्रतिऔंस दुई हजार डलर नाघेको सुनको मूल्य बुधबार विश्वबजारमा प्रतिऔंस एक हजार ८९०.५५ डलरमा झरेको छ । अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको महासंघले जनाएको छ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement