प्रदेश सभा सदस्य मिलनको सुकुम्वासीलाई सहयोग
साउन, ११ भरतपुर,
बागमती प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठले भरतपुर महानगरपालिका वडा नम्बर २४ को सुकुम्वासी वस्तीमा राहत वितरण गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २४ का अति विपन्न र सुकुम्बासी बस्तीलाई श्रेष्ठले राहत वितरण गरेका हुन् । सो राहत वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिर्थी श्रेष्ठले लगातारको वर्षाका कारण आएको वाढीले क्षती पुराएका सुकुम्वासी वस्तीमा सानो सहयोग मार्फत दुखमा हातेमालो गरेको बताउनु भयो । उनले स्थानियहरुलाई हरेक सुख दुखमा साथमा रहेको भन्दै कुनै समस्या भएको खण्डमा आफुलाई जानकारी गरान समेत आग्रह गर्नुभयो ।
सो कार्यक्रममा पूर्व सांसद एवं काँग्रेस नेतृ अञ्जली श्रेष्ठले हरेक विपतले महिलाहरुलाई बढी समस्या पार्ने बताईन । अहिले पनि यो वा त्यो बाहनामा महिलाहरुले धेरै हिंसा सहनु परेको र अवसरबाट बञ्चीत हुनु परेको भन्दै स्वयम महिलाहरु अगाडी नवढीकन कुनै पनि परिर्वतन गर्न नसकिने बताईन ।
नेपाली काँग्रेस वडा नम्बर २४ का सभापति ईन्द्र बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश ख का क्षेत्र नम्बर ३ का सभापति लालबहादुर दवाडी, जिल्ला सदस्य छविलाल सापकोटा, नगर सभापति टिकाराम भट्टराई, पूर्व जिल्ला सदस्य टंक बास्तोला, नेपाल महिला संघकी जिल्ला सचिव लक्ष्मी लामिछाने लगाएले बोल्नु भएको थियो ।
सो क्षेत्रका तिस घरलाई पञ्चीस किलो चामल, दाल, नुन, तेल, स्वायवीन सहयोग गरिएको राहत वितरण कार्यक्रमका संयोजक एवं समाजसेवी विनोद ढकालले जानकारी दिनुभयो । सो सहयोग कार्यक्रमलाई समाजसेवी सरोज ज्ञवाली र विनोद ढकालले सहयोग गर्नुभएको थियो ।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















