0Shares

गैंडाकोट, ७ साउन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गैँडाकोटले नगरको विकासका सवालमा काग्रेशले बाधा पु¥याउदै पटक पटक गरिरहेको हर्कत प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय सरकारको काम अघि बढिरहेको क्रममा अनावश्यक लान्छना लगाई नगरपालिकामा विभिन्न मितिमा तालावन्दी भैरहेको भन्दै नेकपाले नगरको विकास र प्रगतिमा गतिरोध पैदा गर्ने काम बन्द गर्न काग्रेशलाई आग्रह गरेको छ । नगर कमिटिका अध्यक्ष षडानन्द लामिछानेद्धारा आज जारी विज्ञप्तीमा विचार, दृष्टिकोण र योजनाविहिन तवरले कहिले तालावन्दी गर्ने, कहिले भ्रष्टाचारको नाम जोड्ने, आफै छानविनमा बस्ने भ्रष्टाचार छैन भन्दै ताला खोल्ने जस्ता गतिविधि पार्टिल मसिनोगरि हेरीरेहको बताइएको छ । विज्ञेप्तीमा पछिल्ला दिनमा नगरप्रमुखले कसैको पनि नाम र पार्टिको नाम नलिएको विषयलाई तोडमोड गरी निर्वाचित पदाधिकारी एवंम् संविधानले व्यवस्था गरेको पदको मानमर्दन गर्न अभिप्रेरीत गर्नु लोकतान्त्रीक संस्कार र चरित्र हुुन नसक्ने प्रष्ट पारिएको छ ।
त्यसैगरी मुलुक कोरोना भाइरसको चपेटमा परिरहेको सन्र्दभमा त्यसलाई न्यूनीकरण गर्न नगरपालिकाबाट अपनाइएको सावधानी, सतर्कता र क्वारेन्टिन व्यवस्थापनमा देखाएको भूमिकाको विज्ञेप्ती मार्फत नेकपाले प्रशंसा गरेको छ । साथै विज्ञप्तीमा हालैको बाढि पहिरो र डुवानले गैँडाकोट नगरवासीलाई पर्न गएको आहातलाई मध्यनजर गर्दै स्थानान्तरण, व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नगरपालिकासँग माग गरिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement