9Shares

काठमाण्डाै – उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण देखिएको छ । काठमाण्डाै, वीरगञ्ज र रौतहटका एक/एक जनामा फेरि कोरोनाको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जमा उपचारपछि निकाे भएकामा फेरि सङ्क्रमण देखिएर अस्पतालमा भर्ना भएकाे खबर आएको जानकारी दिनुभयो ।

काठमाण्डाैकाे सनसिटी अपार्टमेन्टमा यसअघि सङ्क्रमण देखिएर उपचारपछि निको भएका पुरुषलाई फेरि सङ्क्रमण भएको र उहाँको पाटन अस्पतालमा उपचार भइरहेको पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो । गएको चैत ५ गते बेलायतबाट फर्केका ती पुरुष र उहाँकी आमामा सङ्क्रमण देखिएपछि पाटन अस्पतालमा नै उपचार गराइएको थियो ।

त्यस्तै भारतबाट फर्केका रौतहटका एक युवकमा पनि सङ्क्रमण दोहोरिएको हो ।

9Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement