5Shares

काठमाडौँ — नेकपा सचिवालयमा नाटकीय रुपमा देखिएको समझदारीमा वरिष्ठ नेता माधवकुमार नेपालले आंशका व्यक्त गरेका छन् ।

उनले शनिबारको बैठकमा सहमतिमा अगाडि जाने कुरा सकरात्मक भए पनि दुई अध्यक्षबीचको ‘अपारदर्शी’ मिलनप्रति असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार सचिवालय बैठकमा नेता नेपालले भनेका थिए, ‘मिलेर जानेकुरा ठीक छ । पार्टीलाई एकताबद्ध गरेर जानेकुरा पनि ठीक छ । तर, दुईजनाको चोचोमोचो चाँहि मानिन्नँ ।’

वरिष्ठ नेता झलनाथ खनालले मिल्ने कुरा राम्रै भए पनि साँच्चै मिलेर गएमात्र समस्या हल हुने नत्र पुरानै अबस्था दोहोरिने धारणा राखेका थिए ।

Source : Kantipur

5Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement