23Shares

२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।

पाल्पा निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित साँसद दलबहादुर रानालाई राजिनामा गर्न लगाएर उक्त क्षेत्रबाट गौतमलाई निर्वाचित गराएर प्रतिनिधिसभामा लैजाने सहमती वैठकअघि भएको थियो । महासचिव विष्णु पौडेलले यसरी तारतम्य मिलाएपछि गौतम प्रम ओलीको पक्षमा उभिएका थिए ।

आगामी सचिवालय वैठक वैशाख २४ गते र स्थायी समिती २५ गते गर्ने निर्णय भएको छ ।

आजको वैठकमा सबै नेताहरुले आ-आफ्नो कमजोरीबारे आत्मालोचना गरेका छन् ।

23Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement