पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण
चितवन । प्रेस संगठन नेपाल चितवन शाखाले नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार महासंघको कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । महासंघलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीहरुमा २ हजार थान सर्जिकल मास्क र केही परिमाणमा सेनिटाईजर रहेको छ । संगठनका जिल्ला संयोजक प्रकाश ज्ञवालीले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडा र उपाध्यक्ष नारायणप्रसाद अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष दीपक आचार्य लगायत संघ संगठनकाका नेताहरुको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । संगठनलाई प्राप्त भएका सामग्री एकद्वार प्रणाली अन्तरगत वितरण गर्न पत्रकार महासंघ चितवन शाखालाई हस्तान्तरण गरेको ज्ञवालीले बताउनुभयो । संगठनलाई थप अरु सामग्री पनि प्राप्त हुने प्रक्रियामा रहेकाले ती सामग्री पनि महासंघलाई हस्तान्तरण गरिने ज्ञवालीले बताउनुभयो ।
सो अवसरमा महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले प्रेस संगठनलाई धन्यवाद दिँदै उपलब्ध स्वास्थ्य सामग्री कोरोना भाईरसले गर्दा उत्पन्न असहज परिस्थितिमा कार्यक्षेत्रमा खटिने पत्रकार तथा संचारकर्मीहरुलाई प्रदान गरिने भएकाले आवश्यक परेका पत्रकारले महासंघमा सम्पर्क गर्न आग्रह गर्नुभयो । लकडाउन खुले लगत्तै अझै बढी जोखिम हुने बताउँदै अध्यक्ष खतिवडाले त्यस्तो अवस्थामा पत्रकारको सुरक्षाका विषयमा महासंघ चिन्तित रहेको बताउनुभयो ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















