3Shares

चितवनको कोरोना अस्पतालमा भएको अनियमितताबारे छनवीन गर्दै चोरी कार्यमा संलग्नलाई कारवाही गर्न तरुण दल चितवनले माग गरेको छ ।

राजनीतिक संरक्षणमा अस्पतालमा अनियमितता भएको तरुण दलले जनाएको छ । बिहिबार तरुण दलले विरोध प्रदर्शन समेत गर्यो । भरतपुर महानगरमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले मेयरलाई यस विषयमा ध्यानाकर्षण गराइसकेका छन । नेपाली काङ्ग्रेसले समेत उच्चस्तरीय समितिमार्फत कोरोना अस्पतालको छानबिन गर्न माग गरेको छ ।

छानवीन समितिमाथी प्रश्न उब्जिएपछी यसअघि गठित समिती संयोजक राजु पौडेलले राजीनामा दिइसकेका छन् ।

नेपाली कांग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठ अस्पतालमा चोरी र घोटालाबारे महानगर प्रमुख रेनु दाहाल, भरतपुर अस्पतालका अध्यक्ष एवं कोरोना अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारी र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी जानकार रहेको बताउँछन् ।

गत ७ चैतबाट हतार-हतार सञ्चालन गरिएको भरतपुर कोरोना अस्पतालमा लाखौं अनियमितता भएको चर्चा चल्न थालेको छ ।

भरतपुर महानगरपालिकालाई अस्पताल सञ्चालन गर्न वागमती प्रदेश सरकारले चैत २० गते एक करोड दिएको थियो । त्यसअघि महानगरपालिकाको विपद् कोषबाट छ लाख ५० हजार लेखापाल खनालको नाममा पेस्की दिएको थियो । अडिट गर्ने, गराउने आर्थिक नियम ऐनअनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा लेखापाल खनाल र अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारीलाई दिइएको छ ।

अस्पतालमा वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रुपैयाँ खर्च भएको देखिन्छ । कोरोना अस्पताल सञ्चालन कार्यदलको बैठकमा भने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक करोड २७ लाख खर्च भएको विवरण दिएको स्रोत बताउँछ ।

अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार र औषधि तथा मेसिनरी खरिदमा ५२ लाख २८ हजार दुई सय १० खर्च भएको छ । यसमा तोकिएको ४५ लाखको सिलिङ नाघेर खर्च गरिएको छ ।

अस्पतालले कुन औषधि, कोबाट, कतिमा किनेको भन्ने खुलाएको छैन । अस्पतालको विषयमा समाचार लेख्ने पत्रकारहरुलाई पनि कर्मचारीहरुले धम्की दिएपछि नेपाल पत्रकार महासंघ, प्रेस संगठन र प्रेस युनियनले सस्थागत विरोध जनाएका छन ।

3Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement