रोल्पामा बम विस्फोट, ४ बालबालिकाको मृत्यू
बाख्रा चराएर घर फर्कदा बम बिष्फोट
त्रिवेणी गाउँपालिका-४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले बम विस्फोट भएको पुष्टि गरे ।
साँझ ६ बजेतिर भएको उक्त घटनामा मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम डाँगी छन् ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ । शव नजिकै अर्को बम पनि फेला परेकाले सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।
बाख्रा चराएर जंगलबाट घर फर्कने क्रममा बम विस्फोट भएको अनुमान गरिएको छ । घटनास्थलमा ग्रिनेट बम रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष भानबहादुर घर्तीले शव नजिकै अर्को बम पनि रहेको बताए । वडाध्यक्ष घर्तीले भने,’घटना हेर्दा उनीहरुले जंगलबाट बम फेला पारेर ल्याएको र त्यो पड्किएको जस्तो देखिन्छ । अर्को बम पनि शव नजिकै भेटिएकाले आशंका गरेका हौं ।’
शव क्षतविक्षत अवस्थामा रहेको र शव नजिकै बम रहेकाले सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















