0Shares

चितवन, / चितवनकी कोरोना संक्रमित एक महिलाको दोस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब संकलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजिटिभ नै आएको हो ।

ती महिलो हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । ती महिलामा वैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाका २७ वर्षीय छोरोना भने निको भइसकेका छन् । आमा छोरा दुवैजनाको कोरोना संक्रमणसंगै पुष्टि भएको थियो । उनीहरुले चैत ३ गते बेलायतबाट नेपाल आएका थिए भने ५ गते चितवन आएका थिए । राप्ती नगरपालिका–८ निवासी दुई जनाकै कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गरिएको थियो तर कसैमा पनि कोरोना संक्रमण देखिएन ।

यस्तै वैशाख १५ गते नै गरिएको अन्य २२ वटा परीक्षणको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement