33Shares

भरतपुर / कोरोना अस्पतालको सामान चोरी र अनियमिता छानबिन गर्न गठित समितिका संयोजक राजु पौडेलले समितिमा रही काम गर्न नसक्ने जानकारी गराएका छन् ।
चितवन उद्योग संघका अध्यक्षसमेत रहेका पौडेलले भरतपुर कोरोना नियन्त्रण कार्यदललाई पत्र लेख्दै समितिमा रही काम गर्न असमर्थ भएको जनाएका छन् ।
छानवीन समिति गठन पूर्व नै यो घटनासम्बन्धमा राजनीतिक हिसाबबाट टिकाटिप्पणी सुरु हुन लागेकाले चितवन उद्योग संघको संस्थागत जिम्मेवारीका कारण समितिमा रही काम गर्न नसक्ने उनको भनाई छ ।
मंगलबार चितवन उद्योग संघको तर्फबाट विज्ञप्ति निकाल्दै पौडेलले सो घोषणा गरेका हुन् ।
सोमवार यस घटनासम्बन्धमा छानवीन गर्न तीन सदस्यीय समिति गठन भएको थियो । चितवनका सांसद, राजनीतिक दल र प्रशासनको उपस्थितिका बीच उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल समितिको संयोजक तोकिएका थिए । उनी कार्यदलका सदस्यसमेत हुन् । छानवीन समिति सदस्यमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक–एक जना थिए । समितिलाई छानबिन गरी एक हप्ताभित्र कार्यदलमा प्रतिवेदन बुझाउन भनिएको थियो ।
अहिले अख्तियारको टोलीले यो प्रकरण हेरिरहेको छ ।

33Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement