0Shares

कोरोना भाइरसबाट संक्रमित प्रसिद्धि श्रेष्ठ निको भइ घर फर्किएकी छन्। उनी २७ दिनपछि निको भइ घर फर्किएकी हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उनी विगत २७ दिनदेखि टेकुस्थित शहिद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा उपचाररत थिइन्।

गत चैत १० गते उनमा कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि भएको थियो। मन्त्रालयका अनुसार उनी शनिबार अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । श्रेष्ठ चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्।

हाल नेपालमा ३० जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये दुई जना निको भईसकेका छन् भने अन्यको विभिन् अस्पतालमा उपचार भईरहेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement