0Shares

स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार ४ सय ३४ पुगेको छ। यससँगै मृतक संख्यामा स्पेनले चीनलाई उछिनेको छ।

चीनमा ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै मृत्यु हुने मुलुक इटलीमा ६ हजार ८ सय २० ले ज्यान गुमाएका छन्।

स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार मृतक संख्यामा एकै दिनमा २७ प्रतिशतले वृद्धि भएको छ। अर्थात गत २४ घण्टामा ७ सय ३८ जनाको मृत्यु भएको छ।

स्पेनमा हालसम्म ४७ हजार ६ सय १० जना संक्रमित भएका छन्। एजेन्सी

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement