कोरोना नियन्त्रण गर्न भारत तीन साताका लागि लकडाउन
नयाँदिल्ली — भारत सरकारले आगामी तीन साताका लागि पुरै देश बन्द गर्ने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै पुरै देशमा लकडाउनको घोषणा गरेका हुन् ।
‘आज (मंगलबार) राति बाह्र बजेदेखि पुरै देशभर लाकडाउन हुन गइरहेको छ। घरबाट बाहिर निस्कन पूरा प्रतिबन्ध लगाइएको छ। सबै राज्य र केन्द्रशासित प्रदेश, पत्येक जिल्ला, गाउँ र टोललाई लकडाउन गरिने छ,’ मोदीले सम्बोधनका क्रममा भने। यो निर्णय स्वास्थ्य विज्ञहरु र अन्य मुलुकको अनुभवलाई हेरेर लिइएको समेत मोदीले उल्लेख गरेका छन्। र, यो बन्द गत आइतबारको जनता कर्फ्युभन्दा थप कडा रुपमा लागू हुनेसमेत मोदीले जनाएका छ्न। यो निर्णय कोरोना महामारीविरुद्धको निर्णायक लडाइँ हुनेसमेत उनले बताएका छ्न।
लकडाउनको निर्णयले मुलुकले ठूलो आर्थिक मूल्य चुकाउनुपर्ने भए पनि प्रत्येक भारतीय जीवन बचाउनु महत्वपूणर्ण भएको समेत मोदीले सम्बोधनमा भनेका छन्। यो घडी अनुशासनको घडी भएको उल्लेख गर्दै मोदीले आफ्नो वचनको पालना गर्न सबैलाई आग्रह गरेका छन्।
‘म हात जोडेर प्रार्थना गर्छु। तपाईंहरु जहाँ हुकुहुन्छ त्यही बस्नु। अहिलेको परिस्थितिलाई हेर्दा यो लकडाउन तीन साताका लागि हुनेछ। २१ दिनका लागि लक डाउन हुनेछ,’ उनले भने।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















