कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार ४९७
चितवन, ११ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड(१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वल्र्ड मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार ४९७ पुगेको छ ।
अहिलेसम्म विश्वभर ३ लाख ७८ हजार ७४१ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख १ हजार ६०८ जना उपचारपछि घर फर्किएका छन् । अहिले २ लाख ६० हजार ६३६ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १२ हजार २३८ जना भने गम्भीर अवस्थामा छन् ।
इटालीमा ६ हजार ७७ को मृत्यु
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । वल्र्ड मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ । चीनमा भने ३ हजार २७० जनाको कोरोनाबाट ज्यान गएको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६०१ जनाको मृत्यु भएको छ भने ४ हजार ७८९ जना नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा ६३ हजार ९२७ जनामा कोरोनाको संक्रमण भएको छ । तीमध्ये ७ हजार ४३२ जना पूर्ण रुपमा निको भएका छन् ।
अहिले इटालीमा ५० हजार ४१८ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । संक्रमितमध्ये ३ हजार २०४ को अवस्था गम्भीर रहेको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा फैलिसकेको छ ।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















