50Shares

भरतपुर, १० चितवन
कोरोना प्रभावका कारण चितवनका पत्रपत्रिकाहरु बन्दहुने भएका छन् । जिल्लामा नियमित रुपमा प्रकाशन हुँदै आएका चार दैनिक, चौध साप्ताहिक र एक अर्ध साप्ताहिक पत्रिकाहरुले कोभिड–१९ (कोरोना भाइरस)को महामारीलाई मध्यनजर गर्दै पर्सि बुधबार देखि १० दिन पत्रिकाको प्रिन्ट संस्करण बन्दगर्ने निर्णय गरेका हुन् ।

सोमबार भरतपुरमा जिल्लाबाट प्रकाशन हुँदै आएका दैनिक तथा साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक तथा व्यवस्थापकहरुको भेलाले पत्रिका बन्द गर्र्दै अनलाइन संस्करण मात्र प्रकाशन गर्ने निर्णय गरेको हो । विषम परिस्थितिमा नियमितरुपमा पत्रपत्रिका प्रकाशन गरी ग्राहकको हातमा पु¥याउन निकै कठिन हुने अवस्था सिर्जना भएकाले केही समय बन्द गर्ने निर्णय गरिएको कायाकैरन दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक राजेश घिमिरेले बताए ।

विश्वव्यापी रुपमा बढिरहेको कोभिड–१९ (कोरोना भाइरस) को महामारीका कारण सबैले अप्ठ्यारो महसुस गरिरहेको र सरकारले देशलाई नै करिब–करिब ‘लकडाउन’ गरिसकेको अवस्थामा पत्रिका नियमित प्रकाशन गर्न अप्ठ्यारो भएको चितवन पोष्ट दैनिकका प्रबन्ध निर्देशक गोबिन्द अर्यालले बताए । “कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गरे अहिले बजार पूरै बन्द छ ।

न्यूज प्रिन्टको अभाव छ । मुद्रण व्यवसायीले पत्रिका नियमित प्रकाशन गर्न नसक्ने जानकारी गराएका छन् । पत्रिकाका रिपोर्टर तथा सञ्चार कर्मी एवं कर्मचारीलाई नियमित काममा खटाउन सक्ने अवस्था समेत छैन । पत्रपत्रिकाको माध्यमबाट समेत भाइरसको प्रसार एक व्यक्तिबाट अर्कोमा सजिलै हुन सक्ने जोखिम पनि त्यत्तिकै छ”, कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजालले भने, “त्यसैले हामीले केही दिनका लागि अनलाइन मात्रै सञ्चालन गर्ने निर्णय ग¥यौं ।”

शुभेच्छा सन्देश साप्ताहिक काप्रकाशक÷सम्पादक शान्ता अधिकारीले पत्रिका बन्द भए पनि निरन्तर सूचना पाउने आम पाठकको हक कुण्ठित हुन नदिन पत्रकारहरुले विभिन्न माध्यमको प्रयोग गर्ने बताइन् । निर्णयमा जिल्लाबाट प्रकाशन हुने दैनिक पत्रिकाहरु चितवन पोष्ट दैनिकका प्रबन्ध निर्देशक गोविन्द अर्याल, कायाकैरन दैनिकका अध्यक्ष राजेश घिमिरे, लोकतन्त्र सन्देश दैनिकका कार्यकारी सम्पादक सन्तोष देवकोटा, सञ्चारपत्र दैनिक काप्रधान सम्पादक राजु चौधरीले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी साप्ताहिक पत्रिकाहरु चुरे सन्देश साप्ताहिकका प्रकाशक÷सम्पादक सुरेशचन्द्र अधिकारी, चितवन साप्ताहिकका प्रकाशक÷सम्पादक गणशेखर शर्मा, आक्रमण साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक टिकादत्त तिमिल्सिना, जोश साप्ताहिकका प्रकाशक हरि प्रसाद उप्रेती, उज्यालो एक्सप्रेस साप्ताहिकका प्रबन्धक विष्णु प्रसाद पौडेल, राजधानी आस्था साप्ताहिकका प्रकाश कनवराज ढकाल, शुभेच्छा सन्देश साप्ताहिकका प्रकाशक÷सम्पादक शान्ता अधिकारीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, भण्डाफोर अभियान साप्ताहिकका प्रकाशक सूर्य बराल, नमस्ते बिहानी साप्ताहिकका प्रधान सम्पादक राजेन्द्र आचार्य, चित्रवन सन्देश साप्ताहिकका सम्पादक सुमन गैरे ‘शशीधर’, उज्यालो टाइम्स साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक राजु भट्ट, हेल्लो चितवन साप्ताहिकका प्रकाशक÷सम्पादक दीपेन्द्र पौडेल, चितवन खबर अर्ध साप्ताहिक काम हाप्रबन्धक हरि कार्की, चितवन ज्योति साप्ताहिकका प्रकाशक, नवीनबाबु मरहठ्ठा, अग्रता साप्ताहिकका प्रकाशक÷सम्पादक शान्ता अधिकारीले हस्ताक्षर गरेका छन् ।

50Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement