4Shares

काठमाडौं । वीरगञ्जका एक जना व्यापारीमा कोरोना संक्रमणको आशंका देखिएको छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर भएका एक जनामा कोरोनाको संक्रणमको आशंका गरिएको हो ।

केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो ।

‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ’, पटना मेडिकल कलेज, बिहारका पि्रन्सिपल प्रा. डा. विद्यापति चौधरीले जानकारी दिए ।

वीरगञ्जका उनी २२ फेब्रुअरी भारतमा एक विवाह समारोहमा सहभागी हुन गएका थिए र एक सातामा फर्किएका थिए । किड्नीका विरामी उनी स्थानीय अस्पतालमा नियमित चेकजाँचका लागि गएका थिए । अस्पतालले पटना रिफर गर्‍यो ।

१९ मार्चमा गएका उनीमा ोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले संक्रमण भए नभएको चेकजाँच गरिएको थियो । उनको विस्तृत रिपोर्ट आउन दुई-तीन दिन लाग्ने भन्दै प्रा. डा. चौधरीले थपे, ‘त्यसपछि मात्रै विस्तृतमा भन्न सकिन्छ ।’

भारतीय टेलिभिजन च्यानलहरुले भने उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गरेका छन् ।

परिवारलाई आसोलेटेड गरिने

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पटनामा भर्ना भएका विरामीको परिवारका सदस्यहरुलाई आइसोलेटेड गरिने बताएका छन् ।

विरामीमा कोरोना संक्रमणको आशंका गरिएकाले परिवारका सदस्यहरुलाई समुदायबाट अलग गर्न लागिएको बताए । उनकाअनुसार विरामीको परिवार १३ सदस्यीय छन्, जसमा ५ जना बालबालिका, ५ जना महिला र तीन जना पुरुष छन् ।

4Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement