राजनीति र धर्मनीतिको उद्देश्य नै शान्ति स्थापना : सुरेन्द्र पाण्डे
भारद्वाजद्वारा आयोजित धान्याचल ज्ञान महायज्ञको उद्घाटन चितवनमा
- १२ माघ २०७६, आईतवार
- 1866
भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालद्वारा आयोजित श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञान महायज्ञको शनिबार पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरेका छन् । भरतपुर ६ इन्द्रपुरीमा रहेको प्रतिष्ठानको कुल मन्दिरमा शुरु भएको महायज्ञको उद्घाटन गर्दै पाण्डेले राजनीति, धर्मनीति जसरी व्याख्या गरेपनि यिनीहरुको उद्देश्य समाजमा शान्ति स्थापना गर्नुनै रहेको बताएका छन् । भाइचाराको सम्बन्धलाई सुमधुर बनाउनका लागि भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालद्वारा महायज्ञ लगाइनु राम्रो भएको पाण्डेको भनाइ छ ।
सो महायज्ञको उद्घाटन उद्घाटन कार्यक्रममा महायज्ञका प्रमुख वाचन प्रविण दीनबन्धु पोखरेलले आफूभित्र भएको उर्जा उजागर गर्ने काम भागवतले गर्ने बताए । कार्यक्रममा भारद्वाज ऋषिको बारेमा प्राडा गुरुप्रसाद सुवेदी, प्राडा गोविन्द पोखरेललगायतले प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष प्रा. श्रीधर शर्मा मजगैया पोखरेलले स्वागत मन्तव्इ व्यक्त गरेका थिए भने सल्लाहकार भोला पोखरेलले सहभागि सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।
भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानलाई भवन निर्माणका लागि भूमि उपलब्ध गराउने स्वार्गीय चुडामणि पोखरेलको परिवारलाई सम्मान समेत गरिएको थियो ।
शनिबारदेखि शुरुभएको महायज्ञ माघ १८ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक संकलन हुने महायज्ञ आर्थिक व्यवस्थापन समितिका संयोजक भीमप्रसाद पोखरेलले बताए । देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो ।
यसैगरी एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना गरिने पनि संयोजक पोखरेलले जानकारी दिए । कथा वाचन प्रविण दीनबन्धु पोखरेलबाट वाचन हुने महायज्ञमा तुलादान, भूमिदान, ब्रतबन्ध, विवाह, चौरासी पूजा र ग्रहशान्तिसमेत गर्न सकिने उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिए । महायज्ञको उपवाचकको रुपमा आचार्य दुर्गाप्रसाद पोखरेल रहेका छन् ।
सम्बन्धित खवर
-
काठमाडौं ,वैशाख ११ मंगलबार ...
-
चितवन, बैशाख १० – नेकपा (एमाले) ...