१२ घण्टाभित्र चितवन छोड्न एसपी मल्ललाई प्रदेश प्रहरीको निर्देशन
एसपी मल्लले भने– '१२ घण्टा हाेइन, १ घण्टाको पत्र आए पनि चितवन छोड्दिनँ'
चितवन । चितवन जिल्ला प्रहरी प्रमुख एसपी मल्लले आफूलाई १ घण्टा भित्र चितवन छोड्नु भन्ने पत्र आएपनि छोड्न नसक्ने प्रतिक्रिया दिएका छन् । अहिले पनि आफू भिआईपीको सुरक्षामा खटिरहेको जानकारी दिदै उनले आफ्नो काम नसकि जिल्ला छोड्नु भन्ने आदेश पालना नगर्ने बताए ।
नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहिबार चितवनमा छन् । प्रदेश प्रहरी कार्यालयका तर्फबाट बुधबार मात्रै एसपी मल्ललाई १२ घण्टा भित्र जिल्ला छोड्न निर्देशनसहितको पत्र पुगेको थियो ।
एसपी मल्लले आफु चितवन आएको सात महिना मात्रै भएको र यस क्षेत्रकाे शान्ति सुरक्षाका लागि सुरु गरिएका कामहरु पूरा नभएकाले काम सकेर मात्रै आफूले जिल्ला छोड्ने बताएका छन् । प्रदेश ३ को प्रहरी कार्यालय हेटौडाले जिल्लामा कार्यरत प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टा भित्र जिल्ला छाड्न निर्देशन दिएको थियो । सरुवा भएको २ साता हुंदा पनि चितवन नछोडोपछि प्रदेश प्रहरीले पत्र नै लेखेर एसपी मल्ललाई बुझबुझारत गरि जिल्ला छोड्न निर्देशन दिएको हो ।
प्रदेश प्रहरीका प्रहरी उपरिक्षक अरुण पौडेलले बुधबार गोप्य रुपमा पठाएको पत्रमा भनिएको छ, ‘प्र.उ दान बहादुर मल्ललाई हाल सम्म पनि सरुवा भएको दरवन्दीमा रवाना गरेको जानकारी यस का.मा प्राप्त हुन नआएकोले प्र ना उ लाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरवन्दीमा रवाना गरि सो को जानकारी तालुक का तथा यस का समेतमा दिन हुन निर्देश अनुसार अनुरोध ।’
बुधबारको मितिमा जारी भएको उक्त पत्र बिहीबार सुरक्षाकर्मीहरुको सामूहिक सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको हो । प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो। चितवनमा एसपीमा मल्लको स्थानमा गंगा पन्तको सरूवा भएको छ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















