1Shares

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा निर्माणाधीन गणेशधाममा प्राविधिकसहितको टोलीले जल यात्राको सम्भाव्यता अध्ययन गरेको छ । धामको १२ बिघा क्षेत्रफलमा बन्ने पोखरीको २० प्रतिशत काम सकिएपछि जलयात्रको सम्भाव्यता अध्ययनस्वरुप परीक्षणको लागि शनिबार र्‍याफ्टिङ गरिएको हो ।
गणेश धाम संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले देवघाटबाट डुंगा ल्याएर ¥याफ्टिङ गरिएको बताए । उनले ऐतिहासिक पुंगी खोलामा आकर्षक तलाउ निर्माणको काम चलिरहेकोले यसको काम पूरा भएपछि ठूलो तालको रुप लिने बताए । र्‍याफ्टिङको लागि प्रदेश सांसद विजय सुवेदी, भरतपुर ११ का वडा अध्यक्ष बाबुराम अधिकारी, गणेश धाम संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष चुके, नेकपा वडा अध्यक्ष प्रकाश आचार्यलगायत पुगेका थिए । पूण्यावती खोलामा निर्माण गरिएको पोखरीमा र्‍याफ्टिङका लागि प्रसस्त सम्भावना रहेको प्रदेशसभा सदस्य विजय सुवेदीले बताए ।
र्‍याफ्टिङको मजा लिएपछि चुकेले भने, ‘ र्‍याफ्टिङ ले निकै आनन्द दियो । धार्मिक पर्यटकीय हिसाबले आकर्षक पूर्वाधार निर्माण भइरहेको अनुभव भयो ।’
उनले ऐतिहासिक पूण्यवती खोलामा आकर्षक तलाउ निर्माणको काम चलिरहेकोले यसको काम पूरा भएपछि ठूलो तालको रुप लिने बताए । सो स्थानमा पोखरी निर्माणपछि सँगै पिकनिक स्पट, कैलाश पर्वत समेत निर्माण गर्नेगरि काम अगाडि बढिरहेको चुकेले बताए । बजार क्षेत्रमा आएका व्यक्तिहरुलाई दुई चार घण्टा समय ब्यतित गर्नका लागि महत्वपूर्ण गन्तव्य बनाउने उद्धेश्यका साथमा गणेशधाम निर्माणको काम अगाडि बढिरहेको चुकेले बताए ।
स्थानीय सरकारको संरक्षण तथा सहयोगसँगै धाम निर्माण भइरहेको भरतपुर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष बाबुराम अधिकारीले बताए । प्रदेश सरकारसँगको सहकार्यामा स्थानीय स्तरबाट गणेशधामलाई धार्मिक क्षेत्रको रुपमा
विकास गर्ने भनेर लागेपछि यसको संरक्षण र सम्बद्र्धनको काम सुरु भएको अधिकारीको भनाइ छ । जलदेवी सामुदायिक वन र नवजागृति सामुदायिक वनको बीचमा रहेको तलाउलाई धामको रुपमा विकास गर्न सामुदायिक वनसँग सहमति भएपछि स्थानीय तहबाट नै काम सुरु भएको अधिकारीले बताए ।

1Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement