11Shares

नारायणगढ ६ पुस । भरतपुर महानगरपालिकालाई शैक्षिक हबका रुपमा अगाडी बढाउन महानगरपालिका लागि परेको प्रमुख रेणु दाहालले बताएकी छन् ।
बालकुमारी माध्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सवको अवसरमा आयोजित विद्यालय परिवार सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले चितवनमा दुई ठूला मेडिकल कलेज, १ सय २३ वटा सामुदायिक विद्यालयका साथ प्राविधिक तथा बहुप्राविधिक शिक्षालय रहेकाले चितवन शैक्षिक हबका रुपमा अगाडी बढेको बताएकी हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी दाहालले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन विद्यालयको पूर्वाधारसँगै तल्लो तहबाटै गुणस्तरीय शिक्षा दिने र स्थानिय पाठ्यक्रम समावेश गर्ने जस्ता योजना महानगरले अगाडि सारेको बताईन् ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापाले शिक्षाप्रेमी सबैको साथ सहयोगबाट विद्यालयले स्वर्ण महोत्सव मनाउन सकेको बताए । विद्यालयलाई यो स्थानसम्म ल्याउन पूर्व विद्यार्थीहरुको साथ र सहयोगले उर्जा थपेको उनको भनाई थियो । विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा पाँचसम्म अग्रेजी माध्यमबाट र कक्षा ६ देखि कक्षा १० सम्म अग्रेजी नेपाली दुवै माध्यमबाट पठनपाठन हुने गरेको भन्दै उनले अभिभावकको रोजाईमा विद्यालयलाई पुर्याउनका लागि थप सुधान गर्न आवश्यक रहेको बताए ।
सो अवसरमा विद्यालय परिवार सम्मान कार्यक्रममा भवन निर्माण समिति, विद्यालयका पूर्व शिक्षक कर्मचारी, बालमाविद् अलम्नाई एशोसिएसनमा आवद्ध पूर्व विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यपक नारायणप्रसाद परिहस्तले स्वागत मन्तव्य व्यक्क्त गरेका थिए भने अलम्नाई एशोसिएसनका महासचिव सेवन पन्तले पूर्व विद्यार्थीहरुको स्वर्ण महोत्सवमा पु¥ाएको सहयोगको बारे जानकारी गराएका थिए ।
कार्यक्रममा भरतपुर महागरपालिका वडा नम्वर २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठले समेत शुभकामना मन्तव्य व्यक्क्त गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देसीराम प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
विद्यालयको स्वर्ण महोत्सव समापन कार्यक्रम भने गएको मंसिर २८ गते गर्ने भनिएपनि राष्ट्रपति विद्यादेवी भण्डारीको समय अभावका कारण हुन सकेको छैन । समापन कार्यक्रम आगामी पुसको तेस्रो साता गर्ने कार्यक्रम तय भएको छ ।

11Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement