0Shares

चितवन ९ असार । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि ९२ करोड ७० लाख ४८ हजार रुपैंया बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

माडी नगरपालिकाको तेश्रो नगर-सभाको उद्घाटन सत्रमा आगामी आ.व.को नीति तथा कार्यक्रम पेश गर्दै माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतोले पुँजिगत खर्चतर्फ ७३ करोड २० लाख ४८ हजार तथा चालुतर्फ १९ करोड ५० लाख रुपैंयाको बजेट सार्वजनिक गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख अतिथिका रुपमा नगरसभाको उद्घाटन गर्नुभएको थियो । नगरसभाको बन्दसत्र भने आउँदो असार १८ गते सञ्चालन हुने जनाइएको छ ।

जारी आर्थिक बर्ष २०७५/०७६ मा चालु तर्फ १४ करोड २७ लाख ३५ हजार र पुँजीगत तर्फ ७६ करोड ११ लाख गरी कूल ९० करोड ३८ लाख ३५ हजार रुपैंया बजेट रहेको छ । आज सार्वजनिक गरिएको आगामी आर्थिक बर्षको बजेटको कूल आकारमा खासै बढोत्तरी भने देखिँदैन तर नगरपालिकाको दैनिक, प्रशासनीक र तलबभत्तामा खर्च हुने चालु शीर्षकमा करीब ५ करोड २२ लाख रुपैंया बजेट बढाइएको छ ।

विकास निर्माणका कामहरु सञ्चालन हुने पुँजीगत शीर्षकमा २ करोड ९१ लाख रुपैंया मात्र बजेट बढ्ने देखिन्छ । नगर-सभाले पारित गरेपश्चात आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ आर्थिक बर्षबाट कार्यान्वयनमा आउन सक्नेछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement