0Shares

इलाम । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरमाथि ४.१ गोल अन्तरको फराकिलो जित दर्ता गर्दै सिएमजी संकटा क्लब चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ।

खेलको सुरुवातबाटै आयोजकमाथी दबाब सृजना गरेको संकटाले २२औँ मिनेटमा अग्रता बनायो। डिवक्सभित्र पाएको पासमा गोलरक्षक किशोर गिरीलाई विट गराउँदै फोफोना फोडेले सुरुवाती अग्रता दिलाए। २९औं मिनेटमा फोडेले नै गोल गर्दै टीमको अग्रता दोब्बर बनाए। त्यस्तै ४४ औँ मिनेटमा क्रिश्टियनले डि बक्सभित्र गरेको पासमा फोडेले गोल गर्दै ह्रयाट्रिक गरे। ५५ औँ मिनेटमा क्रिश्टियनल वान भर्सेस वानमा गोल गरेका थिए। विपक्षी मैदानको मध्यभागमा अनमार्क रहेका क्रिश्टियनले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। काँकडभिटाका लागि खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले सन्तोना गोल फर्काएका थिए। डि बक्स नजिकैबाट बिमलले गरेको फ्रि किक गोल भएको थियो। निशान्त लिम्बूलाई संकटाका खेलाडीले फल गरेपछि पाएको फ्रि किक मार्फत मगरले गोल फर्काएका हुन्।

खेलको म्यान अफ द म्याच बिजेता फोफोना फोडे भए। आइतबारको खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब सुनसरीबीच हुनेछ। प्रतियोगितामा बिजेता टीमले १० लाख १ हजार र उपबिजेता टीमले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement