0Shares

इंग्लिस प्रिमियर लीगमा उपाधि भिडन्तमा रहेको लिभरपुल मोहम्मद सलाहको गोलमा विजयी भएको छ।

सलाहले सर्वाधिक कम खेलमा लिभरपुलका लागि ५० गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। प्रिमियर लीगअन्तर्गत शुक्रबार भएको खेलमा लिभरपुलले साउथ ह्याम्पटनमाथि ३–१ को जित निकाल्दै सिटीमाथिको दबाबलाई कायम राखेको छ। लिभरपुलको जीतमा मोहम्मद सलाह, नावी केइटा र जोर्डन हेन्डरसनले गोल गरेका थिए। साउथ ह्याम्पटनका साने लङले गोल गरे। लिभरपुल एक गोलले पछि परेको स्थिति उल्ट्याएर महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो। खेलको नवौं मिनेटमा साने लङले पिएरे इमिलको पासलाई गोलमा परिणत गरेका थिए । तर, यो अग्रतालाई लामो समय टिक्न लिभरपुलले दिएन। ३६औं मिनेटमा नावी केइटाले गोल गरेपछि लिभरपुल खेलमा फर्कियो। पहिलो हाफ १–१ को बराबरी भए पनि दोस्रो हाफको अन्तमतिर लिभरपुलले दुई गोल गर्न सफल भयो।

जीतसँगै लिभरपुल लीगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलको ३३ खेलबाट ८२ अंक पुगेको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८० अंक रहेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement