0Shares

काठमाडौं । नेपाल सरकार, उद्योग विभागको आयोजनामा आगामी बैंशाख २६ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ ।

आर्थिक समृद्धिका लागी उद्योग खोलौं, औद्योगिकरणका लागी सबै जुटौं भन्ने मुल नाराका साथ आयोजना हुन लागेको यस प्रदर्शनीमा मुलुकभरका ७७ जिल्लाका लघु, घरेलु तथा साना उद्यमीको सहभागिता रहने प्रदर्शनीका सहआयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

पाँच दिनसम्म संचालन हुने प्रदर्शनीको विशेष आकर्षणको रुपमा मौलिक नेपाली हस्तकला र काष्ठकला जन्य उत्पादनहरु, परम्परागत तथा आधुनिक उपर्युक्त प्रविधि, छाला जुत्ता तथा छालाजन्य वस्तुहरु, प्राकृतिक रेशाबाट उत्पादित कपडा र बस्तुहरु, बाँसका बस्तुहरु, फलफूलमा आधारित उत्पादनहरु, करुवा र खुकुरी, कृषिलगायतका सामानहरु प्रदर्शनीमा राखिने छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement