0Shares

काठमाडौं । तेस्रो लगानी सम्मेलन राजधानी काठमाडौंमा सुरु भएको छ ।

शुक्रबारदेखि राजधानीको होटल सोल्टीमा विशेष समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उद्घाटनसत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानी अनुकूल हुने गरि कानून निर्माण गरिएकाले लगानीमा कुनै जटिलता नरहेको भन्दै विदेशी लगानी निकायलाई निर्धक्कका साथ लगानी गर्न आग्रह गर्नुभयो । उहाँले मुलुक अहिले राजनीतिक स्थिरता भएकोले लगानीको सुनिश्चिततामा विश्वस्त हुन आग्रह गर्नुभयो । नेपाल लगानीका लागि प्रसस्त संभावना बोकेको देश भएकाले उmर्जा, पर्यटन, कृषिलगायत क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो ।

४० देशका ६ सय भन्दा बढी लगानीकर्ता सहभागी रहेको सम्मेलनमा स्वदेशी र विदेशी गरि झण्डै १ हजार लगानीकर्ताहरु सहभागी भएका छन् । सम्मेलनमा लगानी बोर्डले तयार पारेका उद्योग, पर्यटन, उmर्जा, शिक्षा तथा शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्यलगायत क्षेत्रका ५० र नीजी क्षेत्रका २७ गरि ७७ वटा विषयगत परियोजनाहरु प्रस्तुत गरिने छ । विदेशी लगानी भित्र्याउने उद्देश्यसाथ सरकारले दुई दिने लगानी सम्मेलन गरेको हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement