0Shares

काठमाडौं, मंसिर १७-
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ। अख्तियारले दुई जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गर्नका लागि विशेष अदालतमा पुर्‍याएको छ।

विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा पेस भएको छ। ‘दुई जना पक्राउ हुनुहुन्छ। अरू फरार छन्। भ्रष्टाचारको मुद्दा पेस भएको छ। ६ जना र एउटा संस्था विरूद्ध मुद्दा आएको छ,’ उनले भने। पक्राउ परेका अर्का व्यक्ति तत्कालीन महानिर्देशक मुरारी भण्डारी हुन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement