0Shares

उपत्यका बाहिर सर्वाधिक जनसंख्या रहेकाे भरतपुर महानगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेले पार्टीको वडा सचिवमा बिष्णुमायाँ पाेखरेललाई मनाेनित गरेकाे छ ।

देशैभर एकैपटक वडा भेलाहरु सम्पन्न गर्ने पार्टीको निर्णय बमाेजिम एमाले चितवनकाे वडा भेलाको अवसरमा पाेखरेललाई सचिवकाे जिम्मेवारी दिईएकाे वडा अध्यक्ष गाेकर्ण कार्की जानकारी दिए।

`विभिन्न जिम्मेवारीका कारण निर्वाचित सचिव हरि आचार्यकाे कार्य व्यस्तताका कारण सह- सचिव बिष्णुमायाँ पाेखरेललाई सचिवकाे जिम्मेवारी दिने निर्णय गरियाे´- अध्यक्ष कार्कीले भने। सह- सचिवकाे जिम्मेवारी भने झपेन्द्र जिसिलाई दिईएकाे छ।

भरतपुरकाे वडा नम्बर ११ उपत्यका बाहिरकाे देशकै सबैभन्दा बढी जनघनत्व रहेकाे वडा हाे । करिव ७० हजार जनसंख्या रहेकाे यस वडाकाे मतदाता सँङ्ख्या मात्रै करिव १९ हजार रहेका छन् ।

बहुदलपछिकाे इतिहासमा हालसम्म यस वडाकाे स्थानीय तहमा नेकपा एमालेकाे पूर्ण वर्चस्व रहकाे २०५२ सालमा यसै वडामा एमालेबाट निर्वाचित हुनुभएका भूपू वडाअध्यक्ष तेजेन्द्र बहादुर खड्काले बताए ।

१२ सय भन्दा बढी पार्टी सदस्यता भएकाे यस वडामा महिला सदस्यकाे सँख्या उल्लेख्य रहेका कारणपनि महिलाको क्षमता वृद्धि गर्दै नेतृत्व प्रमुख तर्फ अग्रसर गराउनकै लागि क्षमतावान महिला नेता पाेखरेललाई हलले सर्वसम्मत रुपमा सचिव निर्वाचित गरेकाेअध्यक्ष कार्कीले बताए ।

एमाले बागमती प्रदेश सदस्य तेजेन्द्रबहादुर खड्काकाे प्रमुख उपस्थितमा सम्पन्न वडा भेलाले पार्टीको वार्षिक समिक्षा गर्नुकाे साथै आगामी कार्यदिशा समेत तय गरिएको एमालेका जिल्ला सदस्य तथा वडा इन्चार्ज बाबुराम अधिकारीले बताएका छन्।

भेलालाई प्रदेश सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेले शुभकामना व्यक्त गरेका थिए। कार्यकर्ताकाे जगमा नेकपा एमाले शक्तिशाली बन्दैगएकाे बताउँदै न्याैपानेले पार्टीको मूल पङ्तीले कार्यकर्ताकाे भाबना अनुरुप कदम चाल्नुपर्ने बताएका थिए ।

भेलाले वडाकाे युवा सँघकाे अध्यक्षमा नविन गुरुङलाई मनाेनित गरेकाे छ । सबैखाले निर्वाचनमा यस वडाकाे निर्णायक महत्त्व रहेका कारण सबैजसाे पार्टीकाे ध्यान यस वडाले केन्द्रित गरेकाे छ। हालसम्म वडामा एमालेकाे जनमत प्रभावकारी रहेकाे एमालेबाट निर्वाचित वडा अध्यक्ष कमलबहादुर मल्लले बताएका छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement