0Shares

नेकपा (एमाले) ले दलहरूसँग संवाद नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको बताएको छ।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सोमबार जारी गरेको थियो।

त्यसप्रति एमालेले गम्भीर असहमति रहेको भन्दै यथाशीघ्र दलहरूलाई संवादमा बोलाउन सुशीला कार्की नेतृत्वको सरकारको ध्यानाकर्षण गराएको छ।

‘यो सरकारले राजनीतिक दलहरूसँग अहिलेसम्म कुनै पनि संवाद नगरी निषेधको व्यवहार देखाउँदै निर्वाचन कार्यतालिका ल्याएको छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सेतोपाटीसँग भने, ‘यो हास्यास्पद कुरा हो, सरकार नगर्ने चुनावको धेरै चर्चा गरिरहेको छ।’

उनले यो सरकार लोकतन्त्र, संविधानप्रति प्रतिबद्ध हो भने तत्काल दलहरूलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउन लाग्नुपर्ने बताए।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement