नारायणीमा हाम फालेर एक जना युवक वेपत्ता
0Shares
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका-२ स्थित नारायणी नदीमा हाम फालेर एक जना युवक वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अन्दाजी २०/२२ वर्षीय युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् ।
विहान सवा ६ बजेतिर वेपत्ता भएका उनको खोजीकार्य जारी रहेको र अझै फेला नपरेको नवलपुर प्रहरीले जनाएको छ ।
नामथर वतन नखुलेको पुरुष व्यक्ति साईकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेको भन्ने खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैडाकोटको प्रहरी रसशस्त्र प्रहरी वल १७ नं. गण आँपटारी चितवनबाट खटिएको ९ गोताखोर टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















