आर्दश आमा समूहद्धारा फूल खेती
भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर २ को आदर्श आमा समुहले आयआर्जनको लागि सयपत्री फूल खेति गरेको छ । समूहको आफ्नै भवन सगैको जग्गामा छ सय वटा सयपत्री फूलको बिरुवा रोपीएको हो ।
आउदै गरेको तिहारलाई लक्षीत गरेर फूलको मागलाई आपूर्ति गर्न आर्दश आमा समूहले सामूहिक फूल खेती शुरु गरेको समूहका अध्यक्ष हिरामाया थापाले बताउनु भयो । उहाँले यो सुरुवात भएको भन्दै आउँदा दिनमा यसबाट सिकेर थप क्षेत्रफलमा फूल खेतीलाई बढाएर लैजाने बताउनु भयो ।

सो अवसरमा बोल्दै समूहका सचिव रुपा पियाले चितवनमा सयपत्री फुलाउन सके जुनसुकै समयमा बिक्रि वितरण गर्न सकिने बजारको अवस्था बुझेर सुरुवात गरिएको बताउनु भयो । उहाँले आउदा दिनमा यसलाई बिस्तार गरेर लैजाने बताउनु भयो । चितवनमा तिहार मात्रै नभई औपचारिक कार्यक्रमहरु पनि अत्याधिक हुने र त्यसमा पनि मालाको प्रयोग हुने हुदाँ बारै महिना फुल खेती गर्ने दिर्घकालीन योजनाका साथ अहिले सुरुवात गरिएको बताउनु भयो ।
आमा समूहले थप आयआर्जनका साथै दिदी बहिनीहरुलाई आर्थिक रुपमा बलियो बनाउन पनि यो अभियानले सहयोग पुग्ने सचिव पियाको भनाई थियो ।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















