बालगृहकी बबिताको एसईईमा उत्कृष्ट सफलता, ब्राइटस्टार समाज नेपालद्वारा प्रेरणादायी उदाहरणको रूपमा प्रस्तुत
रेशम सापकोटा भरतपुर, चितवन जीवनका कठिन मोडबाट अगाडि बढ्दै शिक्षाको उज्यालो यात्रा तय गरेकी बबिता सुनारले एसईई परीक्षामा 3.1 GPA सहित बी प्लस ग्रेड प्राप्त गरेकी छिन्। भरतपुर–२, क्षेत्रपुरस्थित ब्राइटस्टार समाज नेपाल (बालगृह) मा आवास गर्दै आइरहेकी बबिताले सनफ्लावर इङ्ग्लिश बोर्डिङ स्कुलबाट यो सफलता हात पारेकी हुन्।
बबिताको शिक्षाको सम्पूर्ण व्यवस्थापन सोही विद्यालयका सञ्चालक दिपेश गुरुङ र गौरी गुरुङले गरिरहेका थिए। कठिन पारिवारिक पृष्ठभूमिबाट आएका बालबालिकालाई शिक्षा र आश्रय दिँदै आएको ब्राइटस्टार समाज नेपालका लागि यो उपलब्धि प्रेरणाको स्रोत बनेको छ। संस्थाले एक विज्ञप्ति मार्फत गुरुङ दम्पतीको सहयोग र समर्पणप्रति कृतज्ञता व्यक्त गर्दै, बबिताको यस सफलताले अन्य बालबालिकामा पनि आशा र आत्मविश्वास भरिदिने विश्वास व्यक्त गरेको छ।
स्कुलकी सञ्चालक तथा बालगृहकी सल्लाहकार समितिका सदस्य गौरी गुरुङको सक्रिय भूमिका शिक्षा र सेवा कार्यलाई समाहित गर्ने अद्भुत उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। ब्राइटस्टार समाज नेपालले लामो समयदेखि अनाथ, असहाय र अभिभावकविहीन बालबालिकाको संरक्षण, शिक्षादीक्षा र आत्मनिर्भरता विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस सफलता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै, बालबालिका प्रति दिगो लगानी र माया आवश्यक रहेको सन्देश पनि दिन सफल भएको छ।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















