0Shares
चितवन – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको संयोजक सरोज तिमिल्सिना बनेका छन् । आज नेकपा एमाले चितवनको पार्टी कार्यालयमा आयोजित भेलाकाबीच अध्यक्ष हरि आचार्यले उपाध्यक्ष सरोज तिमिल्सिनालाई संयोजकको जिम्मेवारी तोकेका हुन् ।
३२ वर्षे उमेर हदबन्दिका कारण अध्यक्ष आचार्यले तिमिल्सिनालाई संयोजक तोकेको अनेरास्ववियुले जनाएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष आचार्यले जिल्ला कमिटीबाट बिदा लिएका हुन् । अनेरास्ववियुको महाधिवेशन भोलि जेठ २५ बाट सुरु हुँदैछ ।
त्यसैगरी कमिटीको सह संयोजकको जिम्मेवारी अमित आचार्य र सचिवको जिम्मेवारी प्रदिप पराजुलीले पाएका छन् । अमित आचार्य जिल्ला सचिव थिए भने प्रदिप पराजुली सहसचिव । जिल्ला कमिटी सबै सदस्य रहने ३९ सदस्यीय आयोजक कमिटी बनेको अनेरास्ववियुले जनाएको छ । नवगठित आयोजकले कमिटीले २९ औं जिल्ला अधिवेशन सम्पन्न गर्नेछ ।
उपाध्यक्ष तिमिल्सिनालाई संयोजक तोक्नु अघि जिल्ला कमिटी सदस्यमा अर्जुन अर्याललाई मनोनित गरिएको थियो भने कमिटीकी कोषाध्यक्ष अनुजा खनाल विदेशको बसाईमा रहेकाले कमिटीबाट विदाई गरिएको थियो ।
भेलामा अनेरास्ववियु केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज अमित कुमार गुप्ताको प्रमुख आतिथ्यता र नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकको विशेष उपस्थिति रहेको थियो ।  भेलालाई संवोधन गर्दै अध्यक्ष पाठकले महाधिवेशनमा चितवन एक ढिक्का भएर लाग्न आग्रह गरे । अनेरास्ववियुका अध्यक्ष हरि आचार्यले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको प्रति प्रशंसा गर्दै अध्यक्ष पाठकले आयोजक कमिटीलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement