0Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement