0Shares

भरतपुर,  चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोगबाट ‘मायस्थेनिया ग्राभिस’ को शल्यक्रिया गरिएको छ । दाङकी २२ वर्षिया महिलाको जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ‘मायस्थेनिया ग्राभिस’ को उपचारका लागि थाइमक्स निकाल्न नेपालमै नयाँ प्रविधि प्रयोग गरिएको अस्पतालका वरिष्ठ सर्जन डा. विनय ठाकुरले जानकारी दिनुभयो । ‘हामीले यसअघि ‘मायस्थेनिया ग्राभिस’को उपचारका लागि तीनवटा प्वाल बनाएर शल्यक्रिया गरिन्थ्यो, यसपटक छातीमा एउटा मात्रै सानो चिरा मात्रै पारेर शल्यक्रिया गरिएको हो, उहाँले भन्नुभयो ।’ यस्तै बिरामीलाई बेहोस बनाउँदा स्वासप्रश्वास नलिमा पाइप राखेर बेहोस बनाउने गरिएकोमा अहिले नयाँ प्रविधि प्रयोग गरेर हातको नलिबाट औषधि दिएर शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

यस प्रविधि प्रयोगबाट ५५ प्रतिशतसम्म खर्च कम गर्न सकिने डा.ठाकुरको भनाई छ । उहाँका अनुसार काठमाण्डौंमा एक वर्ष अघि रोग पहिचान परी ती महिलाले औषधिको सेवन गर्दै आउनुभएको थियो । मायस्थेनिया ग्राभिस भएपछि जीवनभर औषधि सेवन गर्नुपर्ने हुन्छ । त्यसको विकल्पमा शल्यक्रिया गरिएको डा.ठाकुरले बताउनुभयो । शल्यक्रियापश्चात विरामीले सेवन गर्नुपर्ने औषधि शुन्यमा झार्न सकिने उहाँले बताउनुभयो ।

‘मायस्थेनिया बिरामी भएकाले मासिक २० हजार रुपैंया बराबरको औषधि सेवन गर्नुपर्ने हुन्छ,उहाँले भन्नुभयो,थाइमक्स निकालेपछि पुरानै अवस्थामा फर्काउन सकिन्छ ।‘ यो रोगका बिरामीको मांसपेसी कमजोर हुँदै जाने र शरिरमा थकान महशुस हुने उहाँले बताउनुभयो । मुटु र दुइवटा फोक्सोको विचमा हुने थाइमक्सले काम गर्न छाडेपछि मसल कमजोर बन्दै जान्छ । जसले शरिरमा आवश्यक नपर्ने तत्वहरु उत्पादन गरेर शरिरलाई शिथिल बनाउने डा.ठाकुले बताउनुभयो । ‘यसले काम गर्न छाडेपछि सुरुमा आँखामा असर देखापर्छ,अन्तिममा फोक्सोसम्ममा असर पु¥याउँछ,उहाँले भन्नुभयो,यसबाट क्यान्सर रोगसमेत लागेर मानिसको ज्यान जानसक्छ ।’ त्यस्ता बिरामीको थाइमक्स निकाल्दा अन्य कुरामा असर नपर्ने उहाँको भनाई छ । शल्यक्रियापछि बिरामी छिटो निको हुने र लामो समय अस्पताल बस्नु नपर्ने डा.ठाकुरले बताउनुभयो ।
प्राय गरेर नेपालमा २२ बर्ष सम्मका युवालाई यो रोग देखा पर्ने गर्दछ । विश्वमा प्रतिबर्ष एक लाख व्यक्ती बराबर एक जनामा यो रोग देखिने गरेको तथ्याङक छ । २३ वर्षको अवधिमा क्यान्सर अस्पतालमा २ सय ४० जनाको उपचार गरिएको उहाँले जानकारी दिनुभयो । त्यसमध्ये ४० जनामा क्यान्सर समेत देखिएको थियो ।

नयाँ प्रविधि मार्फत शल्यक्रिया गर्नका लागि डा. ठाकुरको नेतृत्वमा एनेस्थेसियाको टिम खटिएको थियो । यसका लागि डा.ठाकुरले एनेस्थेसियाको टिमसंगै आफ्नो टिमलाई एक दिनको कार्यशाला समेत गर्नुभएको थियो ।

अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. रेश्मी थापाले यो शल्यक्रियामा नन इन्कुवेटर प्रविधि प्रयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘विगतमा यस्तो शल्यक्रिया गर्दा श्वासप्रश्वास नलीमा पाईप राखेर बेहोस् बनाउने गरिन्थ्यो । पाईप मार्फत् मसल रिल्याक्सिङ औषधिको प्रयोग गरिन्थ्यो, जसले शरीरका सबै अंगलाई प्यारालाईज गर्दथ्यो ।’ ‘मायस्थेनिया ग्राभिस’का बिरामीलाई यसरी बेहोस् बनाउँदा जोखिम झन बढी हुने डा. थापाको भनाई छ । उहाँले भन्नुभयो, ‘मसल रिल्याक्सिङको प्रयोग गर्दा शल्यक्रियापछि पनि लामो समयसम्म अंगहरु प्यारालाईज हुने, बिरामीले राम्रोसँग श्वास फेर्न नसक्ने, लामो समय भ्यान्टिलेटरमा राख्नु पर्ने हुन्थ्यो ।’ आधारभूत (बेसिक) इनेस्थेसिक औषधिको प्रयोग मात्रै गरेर बिरामीलाई बेहोस् बनाईएको उहाँको भनाई छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले चिनिया सरकारको सहयोगमा प्राप्त उपकरणको प्रयोग गरी यो शल्यक्रिया गरिएको बताउनुभयो । यस्ता उपकरण सर्वसुलभ रुपमा नपाईने भन्दै उहाँले चीनमा पाईने उपकरण ल्याउन आफूले पहल गरेको बताउनुभयो । अस्पतालले अब यो प्रविधिबाट निरन्तर रुपमा शल्यक्रिया गर्ने अस्पतालका अध्यक्ष डा. बिजय न्यौपानेले जानकारी दिनुभयो । ‘मायस्थेनिया ग्राभिस’को शल्यक्रिया नेपालमा नै निकै कम हुने शल्यक्रियामा पर्ने बताउँदै अस्पतालको सफलतामा सम्पुर्ण टिम खटिएको बताउनुभयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement