मनकामना दर्शन गर्न आएका भारतीय दर्शनार्थीको मृत्यु

0Shares
चितवन । मनकामना दर्शन गर्न आएका एक जना भारतीय दर्शनार्थीको शौचालयमा लडेर मृत्यु भएको छ ।
आज बिहान साढे ८ बजेको समयमा इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना दर्शन प्रालिको शौचालयमा भारतको गुजरात पालनपुर बस्ने वर्ष ६२ को निरज भाइ भन्ने मन्नु प्रसाद भट्ट अचेत अवस्थामा फेला परेका थिए ।
अचेत अवस्थामा फेला परेका उनलाई उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार लगिएको बिहान ९ः४४ बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
पोष्टमार्टमको लागि शवलाई भरतपुर अस्पताल पठाइएको छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन – अखिल नेपाल राष्ट्रिय ...
-
काठमाडौं, जेठ २५- भारत महिलाको ...