0Shares

चितवन, चैत १२-

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरु डिजिटल बोर्डमा डिस्प्ले भएको विषयमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले छानबिन गर्ने बताएको छ । यस्तो कार्यालयमा संलग्न जोकसैलाई कानूनको दायरामा ल्याउन पत्राचारसमेत गरिएको प्राधिकरणले जनाएको छ ।

आज एक विज्ञप्ति निकाल्दै प्राधिकरणको भरतपुर वितरण केन्द्रले घटनालाई लिएर पहिलो औपचारिक प्रतिक्रिया दिएको हो । डिजिटल बोर्ड ह्याक गरिएको दाबी प्राधिकरणको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हिजो मिति २०८१ साल चैत ११ गते करिब १२ बजेतिर नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा दैनिक रुपमा ग्राहकको कार्य सहजीकरणको लागि यस कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासि सूचना ह्याक गरी देशको सम्माननीय प्रधानमन्त्रीलाई अवैध किसिमको गालीगलौजरअपशब्द अपलोड गरिएको हुँदा यो राज्यको संविधान तथा प्रचलित कानूनको बर्खिलाप हो । यस्तो गैरकानूनी कार्यप्रति नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भर्त्सना गर्दछ ।’

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement