0Shares

काठमाडौं, माघ २७-

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठनका लागि बसेको समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मूलुकको लागि सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिन नै प्रजातन्त्र दिवस रहेको बताए ।

‘मुलुकका लागि यो सबैभन्दा ठुलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरंकुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरम समेत मनाउन आग्रह गरे ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement