43Shares

नरायणगढ । लायन्स क्लव अफ चितवन मर्सी राइज र आदर्श आमा समुहको सयुक्त आयोजना महिलाहरुको स्तन र पाठेघरको क्यान्सरको निशुल्क परामर्श तथा जाँच गरिएको छ ।

उक्त शिविरमा १९५ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । अवसरमा स्वास्थ्य परिक्षण गर्नेमध्य १३ जना महिलालाई क्यान्सर हस्पिटलमा रिफर गरिएको लायन्स क्लव अफ चितवन मर्सी राईजका संस्थापक अध्यक्ष रुपा पियाले बताउनु भयो ।

 


सो अवसरमा आमा समूहका अध्यक्ष सविता कडेलले आफ्नो टोलमा आएर स्वास्थ्य परिक्षण गरेर सहयोग गरेकोमा धन्यावद दिनुभयो । चितवन मर्सी राईजले यी र यस्तै सामाजिक कार्यहरु गदै आएको छ । आउँदा दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिन कार्यक्रमका प्रमुख अतिर्थी डिष्ट्रिक्ट गभर्नर एवं लायन दिनानाथ न्यौपाने आग्रह गर्नुभयो । उहाँले सरकारी निकायले गर्नुपर्ने कामहरु लायन्सले गदै आएको भन्दै उहाँले चितवन चितवन मर्सिले स्थापनाको छोटो
समयमा नै राम्रो काम गदै आएकोमा धन्यावाद व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा विशिष्ट अथिर्ती सेकेण्ड भ्वाइस गभर्नर लायन प्रभाकर पण्डित, विशिष्टि अतिर्थी, वडा नम्बर २ का वडा सदस्य तथा आर्दश आमा समूहका निर्वतमान अध्यक्ष वेलपत्र मास्के, टोलका अध्यक्ष गोविन्द अर्याल, लगाएत अग्रज लायन्सहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

 

43Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement