0Shares

फुलमाया रानाभाट चितवनका कानुन व्यवसायी र न्यायकर्मीका बीच सम्मानित नाम हो । चितवको पहिलो महिला अधिवक्ता फुलमाया रानाभाट, जो आफ्नै बलबुतामा चितवन बार एसोसिएसनकी पहिलो महिला सदस्य समेत हुन् ।

बुबा खड्गबहादुर रानाभाट र आमा तिला रानाभाटको तेस्रो सन्तानको रुपमा वि.स.२०२४ असार १० गते उनको जन्म भएको हो । महिलालाई पढाउनै हुदैन भन्ने समयमा जन्मेर पनि कानुन विषय पढेर चितवनमै पहिलो महिलाको रुपमा वकालत गर्न उनी सफल भएकी छन् । २०५१ सालमा आई एल गरेर उनी चितवन बारको सदस्य हुदै वकालत गर्न सुरु गरेकी हुन् ।

कानुनी पेशामा आज पनि महिलाको उपस्थिति न्यून छ । तर फूलमायाले शुरुआत गरेकै कारण हाल २१ जना महिलाहरु नेपाल बार एशोसियनमा दर्ता भएर काम गरिरहेका छन् । शुरुआती दिनमा उहाँको जीवनमा पनि धेरै कठिनाइहरू र चुनौतीहरू थिए । विशेष गरेर कानुनी पेशामा महिलाको स्थान निकै सीमित थियो । तर पनि फूलमायाले ती यावत चुनौतीको सामना गर्दै अनवरत लागेकै कारण अहिले अन्यलाई सजिलो हुदै गएको छ ।

नेपाल बार एशोसियन चितवनलको आगामी नेतृत्वका लागि रानाभाटले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । व्यावसायिक विकास सुदृढीकरण, सदस्यहरूको हित प्रवर्धन र न्यायसम्म पहुँचलाई विस्तार गर्ने प्रतिबद्धताका साथ चुनावी मैदान रहेको बताईन् । उनी भिन्छीन्, “सबैको साथ र सहयोगको अपेक्षा लिएर मैदानमा गएको छु । जीत निश्चित छ । मत एउटा छनोट मात्र नभई बार एसोसिएसनलाई सुधार, एकता, र उत्कृष्टताको दिशामा अघि बढाउने एक दृढ कदमका साथ मैदानमा आएको हुदाँ सबैको साथ सहयोग पाउने विश्वास छ । ”

 

तनहँुमा जन्मिए पनि पाँच वर्षको उमेरमा चितवन बसाई सरेर उनको परिवार पश्चिम चितवनको गुञ्जानगरमा आएको हो । गुञ्जगरमा रहेको भिमनगर उच्च माविमा सात कक्षा सम्म पढेकी उनले शारदानगर उच्च माविबाट भने एसएलसी दिएकी हुन् । बिहान बेलुका घरको काम गदै र दिउँसो पढ्दै उनको बाल्यकाल वित्यो । कक्षा दशमा पढ्दै गर्दा प्रेम विवाह गरेपछि भने उनको जीवनले धेरै मोड लिन पुग्यो । जीवनका उँकाली ओरलीहरुमा हरेस नखादै संम्यम हुदै आफ्नो जीवन यात्रालाई अगाडी वढाउन उनी सफल भईन ।

घर नजिकैका मुक्तिनाथ शर्मा ढकालसंग अन्तरजातिय विवाह गरेकी रानाभाटलाई घर परिवारले अस्विकार गरेपछी उनी श्रीमानको साथमा भरतपुरमा कोठामा बस्न थालिन । कोठामा बस्दा श्रीमान रोजगारीको लागि भारत गएपछी भने उनले धेरै कुराको सामना गर्नुप¥र्यो । बच्चा पेटमा बढ्दै थियो । घर माईती एकै ठाउमा भएका कारण त्यसबेला सम्म उनलाई घर माईती दुवैले स्वीकार गरेको थिएन । घरमा तल्लो जातको भनेर अपहेलित हुनु प¥र्यो भने माईतीमा सबै रिसाएका थिए ।
छोरीलाई जन्म दिएपछी बुहारीको रुपमा भित्रन उनले संघर्ष गर्नु प¥र्यो । उता भारत गएका श्रीमानसंग उनको सम्पर्क हुन सकेको थिएन् । जति नै रिसाएपनि सन्तानको माया कस्लाई हुदैन र अन्नतह उनी माईतीमा गएर बस्न बाध्य भईन् । आफ्नो अधिकार खोज्दा पाएको हैरानीले उनलाई कानुन पढ्न प्रेरणा दियो । आफ्नै अधिकार खोज्दै जाँदा अहिलेसम्म उनले धेरै महिला दिदी बहिनीहरुलाई अधिकार दिलाई सकेकी छन् ।

घरसंग एक्लो लडाई लड्दा पाएको हैरनीले उनलाई कानुन पढ्न उर्जा दियो । र बालकुमारी कलेजमा आईएल पढन् सुरु गरिन् । एकातिर छोरी हुर्काउनु पर्ने बाध्यता थियो भने अर्को तिर छोरीको बाबुलाई पर्खदै आफ्नो जीवनलाई कसरी अगाडी बढाउने भनेर योजना बुन्दै र योजलाई सार्थक पार्न संघर्षरत भईन् । पाँच वर्ष पछि श्रीमान आएसंगै २०४९ सालमा उनी वि एल पढ्न थालिन ।

उनी एक सफल कानुन व्यवसायी त हुदैहुन्, संगसंगै असल पन्ती हुदै सफल आमा, छोरी र बुहारी हुन् । २०५४ सालमा दोस्रो छोरी र २०५६ सालमा तेस्रो छोरीलाई जन्म दिईन् । तिन सन्तानलाई हुकाउदै, पढाउदै आज छोरीहरुले आफ्नो पेशा अंगालेको राम्रो गरेको देख्दा भने उनी आफुले ति छोरीहरु हुर्काउदाको पिडा नै भुलेको बताउँछी्न । उनको नैतिकता, आचारण र इमान सबैभन्दा बलियो पक्ष हो । साधारण जीवनशैलीले उनलाई सधै सान संग बाँच्न सिकाएको छ ।

 

२०५१ सालमा अधिवक्ताको लाइसेन्स लिएर कानुन व्यवसाय थालेकी हुन् । त्यसअघि उनले अठार महिनासम्म अधिवक्क्ता भुपेन्द्रजंग पौडेलसंग सिक्ने काम गरिन । वकातल गर्दाको सुरुवाती दिन सम्झदै रानाभाट भन्छिन्, सिक्नै डर लाग्थ्र्यो, बोल्नै नआउने हुन्थ्र्यो । पछि पछि वकिल हो भनेर भन्न थालेपछी महिला पनि वकिल हुन्छन् र भनेर विश्वासै नगर्ने अवस्था थियो ।” मान्छेहरुलाई काम गदै विश्वासमा पादै वकालत गदै उनी अगाडी बढ्दै गईन् । नजानेको समयमा अग्रजहरु एकनारायण  सापकोटा, माधवप्रसाद खनिया, कृष्णभक्क्त पोख्रेल समकालीन साथीहरु र न्याधिसहरुलाई नजानेको कुरा सोधेर मुद्धाहरु हरेको अनुभव उनीसंग छ ।
त्यो बेला चितवनमा केही महिलाहरुले पढे पनि वकालतमा लाग्ने महिला कोही थिएन । आज भन्दा बाईस वर्ष अगाडी उनको सक्रियतामा दुई जना साथीको सहयोगमा महिला कानुनी सेवा नामको ल फर्म सञ्चालन गरी वकालत गर्न थालिन् ।

यसरी महिलाहरुको माझमा प्रथम अधिवक्ता बन्दै आशाको किरणहरु लिएर झुल्किएकी फुलमाया कानुनी अज्ञानताले जकडिएको तत्कालीन समाजमा पछाडी परेका महिलाहरुका लागि माार्गदर्शन गराउन सधै प्रयासरत रहेकी छन् । अधिवक्ताको पृष्ठभूमि भएकी रानाभाटलाई यो बाईस वर्षको दौरानमा कोही कसैले विभिन्न प्रलोभनमा पार्न सकेका छैनन् भने, उनी कसैको सजिलै प्रभावमा पनि पर्दिनन् ।

रानाभाटका लागि वकालत आफ्नो व्यवसाय हो । कानुन व्यवसायीको जीवनमा मुद्दाका पक्ष–विपक्ष आइरहन्छन् । उनले महिलासम्बन्धी मुद्दा सकेसम्म लडिरहेकी छन् । आफ्नो ब्रह्मले विश्वास गरेको कुरामा कमै सम्झौता नगर्ने स्वभावकी रानाभाट चितवन बार एसोसिएसनको कोषाध्यक्ष, उपाध्यक्ष हुदै  केन्द्रिय पार्शद बनेकी छन् ।

राजनीतिक, पारिवारिक वा परिचितको निकटता नहेरी ‘स्वयम्भूका दुई आँखाले मुद्दा हेर्ने’ उनको छविले नै विशेष गरी अन्यायमा परेका महिलहरु उनलाई खोजी खोजी आउने गर्दछन् । उनले नेपालबाहिर पनि कानुन व्यवसायीको हैसियतले बेल्जियम र भारतको भ्रमण गर्ने मौमा पाएकी छन् ।

उनी चितवनका विभिन्न संघ सस्थामा समेत आवद्ध रहेकी छन् । आर्दश नारी बिकास केन्द्रकी कानुनी सल्लाहकार, नेपाल परिवार नियोजन संघ चितवनको उपाध्यक्ष, सेलडको केन्द्रिय सदस्य लगाएत दजनौ संघ संसथामा सल्लाहकारको भूमिकामा रहेर काम गरिरहेकी छन् । देशविदेशको भ्रमणा गरी आफ्नो ज्ञान फराकिलो पादै र सफलताको शिखरमा चढ्न सफल फुलमाया सबै महिलाहरुका प्रेरणाकी स्रोत हुन् । उनले चितवनको कानुनी क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पुगेको छ । फुल जस्तै सधै फुलीरहने फुलमायाको पथ प्रदर्शन र योगदानलाई आम महिलाले मार्गदर्शनका रुपमा ग्रहण गर्न सक्नुपर्दछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement