मञ्जुश्री असाह्य संरक्षण गृहद्धारा विभिन्न विधामा निर्वाचित व्यक्तिहरुलाई बधाई तथा शुभकामना
भरतपुर । मञ्जुश्री असाह्य संरक्षण गृहले चितवनमा रहेर विभिन्न संघ सस्थाको नेतृत्वमा पुग्न सफल व्यक्तिहरुलाई बधाईका साथ शुभकामना दिएको छ । संस्थालाई विभिन्न तवरबाट सहयोग पुराउदै आउनु भएका महानुभनवहरुलाई बधाई तथा शुभकामना दिएको संस्थाका अध्यक्ष मञ्जु खाँडले बताउनु भयो ।
असाह्य तथा बेसाहराहरुलाई आवासीय सुविधा सहित संरक्षण र पुर्नमिलन गराउदै आएको संस्थाका अध्यक्ष खाँडले बताउनु भयो । हालसम्म करिब चार सय जनाको पुनमिर्लन गराएको संस्थामा हाल २७ जनाले संरक्षण लिईरहेका छन् । संस्थाको आफ्नै भवनबाट हिंसामा परेका महिला तथा बालबालिकाहरुको संरक्षण गदै आएको छ । संस्थाले हिंसामा परेकाहरुलाई न्यायको ढोकासम्म पुरा¥याउन सहयोग गदै आएको अध्यक्ष खाँडले बताउनु भयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक एवं कार्यक्रमका प्रमुख अतिर्थी गौतम मिश्रले राज्यले गर्नुपर्ने काम सामाजिक संघ सस्थाहरुले गरेको बताउनु भयो । उहाँले संरक्षण गृहहरुसंग हातेमालो गरेर प्रहरी अगाडी बढ्ने बताउनु भयो । समाजमा सुशासन कायम गर्न र घरबार बिहीनलाई संरक्षण दिने काममा मञ्जुश्री गरेको काम राम्रो रहेको बताउनु भयो ।
सो कार्यक्रममा हालै चितवनमा आउनु भएका प्रहरी उपरिक्षक गौतमलाई संस्थाको तर्फबाट सम्मान एवं स्वागत गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघ चितवनको हालै सम्पन्न अधिवेशनबाट उपाध्यक्ष बन्नु भएकी संस्थाकी प्रेस सल्लाहकार शान्ता अधिकारी, नेपाल नर्सिङ संघको वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनु भएका रमेश सुब्बा र बबिता घिमिरेलाई बधाईका साथ शुभकामना दिईएको थियो ।
सम्बन्धित खवर
-
फुलमाया रानाभाट चितवनका कानुन ...
-
चितवन, माघ ८ – चितवन महोत्सवका ...