पत्रकारद्वय पाठक र बानियाको उपचारका लागि उद्योग वाणिज्य संघ चितवनको सहयोग
भरतपुर । नेपाल पत्रकार महासंघ चितवनले आह्वान गरेको उपचार कोषमा आर्थिक सहयोग जुट्न सुरु भएको छ ।
अर्बुद रोगका कारण उपचार गराइरहेका पत्रकारद्वय भूपराज पाठक र संगीता बानियाको उपचारका लागि आर्थिक सहयोग जुट्ने क्रम सुरु भएको हो ।
पत्रकार महासंघ चितवनको नयाँ कार्यसमितिको पहिलो बैठकले आर्थिक सहयोग जुटाउने निर्णय गरेको थियो ।
मंगलबार उद्योग वाणिज्य संघ चितवनले एक कार्यक्रमका बीच निवनिर्वाचित कार्यसमिति, केन्द्रीय परिषद सदस्य, प्रदेश परिषद सदस्यहरुलाई स्वागत गर्नेक्रममा आर्थिक सहयोग गरेको छ । सो अवसरमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले महासंघका अध्यक्ष बसन्तराज पराजुलीलाई नगद पच्चिस हजार रुपैयाँ हस्तान्तर गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य संघ र सञ्चार क्षेत्रबीच पुरानो सहकार्य रहेको बताउनुभयो । पत्रकारलाई दुःख पर्दा संघले सकेको सहयोग गर्ने उहाँले बताउनुभयो ।
पत्रकार महासंघका अध्यक्ष पराजुलीले अन्य संघ, संस्था तथा व्यक्तिहरुलाई पनि आर्थिक सहयोग गर्न आग्रह गर्नुभएको छ ।
सम्बन्धित खवर
-
फुलमाया रानाभाट चितवनका कानुन ...
-
चितवन, माघ ८ – चितवन महोत्सवका ...