पौष १५ गते गैँडाकोट हाफम्याराथन हुँदै, प्रथम पुरस्कार १ लाख रुपैँया
गैँडाकोट । गैँडाकोट हाफम्याराथनको दोस्रो संस्करण यही पौष १५ गते हुने भएको छ । फाउण्डेसन नेपालको आयोजनामा हुने गैँडाकोट हाफ म्याराथनका लागि आवेदन खुलेको सोमबार गैँडाकोटमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । गैँडाकोट हाफ म्याराथनको तयारी तीव्र रहेको फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभएको छ । अध्यक्ष सापकोटाले यस म्याराथनलाई तन, मन र धनले सहयोग गर्न आग्रहगर्नुभएको छ । आगामीवर्षबाट गैँडाकोट हाफ म्याराथन च्यारिटिको लागि अपिल गर्दै सञ्चालन गरिने अध्यक्ष सापकोटाले बताउनुभयो । गैँडाकोट १ देखि ९ सम्मका सबै वडालाई समेट्ने गरि म्याराथनको म्यापिङ गरिने अध्यक्ष सापकोटाले पत्रकार सम्मेलनमा बताउनुभयो । हाफम्याराथनमा २१ किलोमिटर दूरी तय गरिएको छ । बालबालिकाका लागि ५ किलोमिटर दुरी तय गरिएको छ ।
विजय फाउण्डेसन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार म्याराथनमा सहभागिताका लागि२ सय ५० रुपैँया प्रवेश शुल्क लाग्ने छ । विजय विकास स्रोत केन्द्र, विजय एफएम र गैँडाकोट हाफम्याराथनका सहयोगी कार्यकर्तासँग भेटेर फर्म भर्न सकिने उहाँले बताउनुभयो ।
गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन आयोजित गैँडाकोट हाफम्याराथन २०८१ मा प्रथम पुरस्कार रु १ लाख, द्वितीय पुरस्कार ५० हजार रुपैँया, तृतीय पुरस्कार २५ हजार र उत्कृष्ट ५ जनालाई प्रतिव्यक्ति रु ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरि महिलातर्फ प्रथम पुरस्कार रु २५ हजार, द्वितीय पुरस्कार १५हजार रुपैँया, तृतीय पुरस्कार १०हजार र पुरस्कार रहेको छ ।
यस्तै विद्यार्थी मैत्री दौड प्रतियोगिताको आयोजना गरिएको छ । गैँडाकोट नगरपालिका भित्रका ८ देखि १० कक्षासम्मका विद्यार्थीले यस प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । यस प्रतियोगितामा प्रथम पुरस्कार रु १० हजार, द्वितीय पुरस्कार रु ५ हजार र तृतीय पुरस्कार रु ३ हजार रहेको छ ।
गैँडाकोट नगरपालिका, विजय परिवार, लामिनार टायलको भरतपुरको होलसेलर कजरिया टायल सहयोगीका रुपमा रहेका छन् भने बैकुण्ठ मानन्धर स्पोर्टस क्लबले प्राबिधिक सहयोग गर्नेछ । यसअघि २०८० सालमा पहिलो संस्करण सम्पन्न भएको थियो ।
सम्बन्धित खवर
-
फुलमाया रानाभाट चितवनका कानुन ...
-
चितवन, माघ ८ – चितवन महोत्सवका ...