0Shares

 

शान्ता अधिकारी, माडी । माडी नगरपालिका वडा नम्वर ६ को शिवपुरमा शुद्ध पिउने पानीको चरम अभाव हुँदा यहाँको सि·ो बस्ती समस्यामा परेको छ । शिवपुरका स्थानियहरले यहाँआएर बसेदेखि नै शुद्ध पिउने पानीको चरम अभाव झेलिरहेका छन् ।
१३ घर सुकुम्वासी रहेको यो क्षेत्रमा सधै पिउने पानीको अभाव हुने गरेको स्थानीय बुद्धिमाया दराई बताउँछीन् । उनी पानी अभावका कारण आकाशे पानीको र घर पछाडी बग्ने बादरमुढे खोलाको भर पर्नु पर्ने बाध्यता रहेको बताऊँछीन् । करिब आधा घण्टाको दुरीमा रहेको बेलटाँडी गएर पिउने पानी ल्याउनु पर्ने वाध्यता रहेको उनको भनाई छ ।
पिउने पानीको अभावमा दुषित पानी पिउन बाध्य हुनु परेको दराईको भनाई छ । उनले भनीन्, “पर्याप्त पानी हुदैन, पानी कम हुँदा धमीलो भएको पानीनै भए पनि ल्याएर पिउन बाध्य छौँ ।”
बालबालिका र घरका जेष्ठ मानिसको स्याहार समेत गर्न नपाएको वुद्धिमायाको गुनासो छ । उनी भन्छीन्, “हाम्रो त मुख्य जिम्मेवारीनै पानी भर्ने छ । कोही कता त कोही कता गएर पानी ल्याउछौ । एकै ठाउँमा जाउ भने भिड भएर पानी नदेलान भन्ने डर हुन्छ ।”
बुद्धिमाया दराईको घरको आँगनमा राता बाल्टी छन् । ती बाल्टी रंगले रातो भएको नभई पानीले गर्दा रातो भएको हो । आँगनमा जुठा भाँडा सुकेर बसेका छन् । उनी भन्छिन्, “बिहानै धान गोड्न गए । घरको काम राति नै छामछुम गरेर सक्नुपर्छ । घरमा बिजुली छैन । पानी छैन् । दिनभरी काम नगर्ने हो भने साँझ पकाउने के ।” कमाएर ल्याएर मात्रै सुख छैन । उनलाई सबैभन्दा हैरान त त्यतिबेला हुन्छ दिनभरी काम गरेर थाकेर आएको शरीर पानी लिन फेरि आधा घण्टा हिडेर जानु पर्छ ।
बुद्धिमायाको परिवार माडी ९ नम्बर वडा स्याउलीबाट यहाँ आएको हो । स्याउलीमा सुकुम्वासी बस्ती थियो । घरमाथीबाट ठुलो पहिरो गयो । घर अगाडी खोला थियो । आकाशमा बादल लाग्ने वितिकै सधै बाढीको डर । रात्ति फेरि जंगली हात्तिको डर । पहिरो गएर अली अली भएको बालीसबै वगाएर लग्यो । हात्तिले छिमेकी अर्जुन शर्माको छोरालाई मार्यो । त्यही समय ससुराबा वित्नु भयो । त्यसपछी त्यो ठाँउमा बस्न उनको मन मानेन । खोज्दै जादा यहाँ आयौ । उनको परिवारले अहिले १४ कठ्ठा खेत अधिया गरेको छ ।
बुद्धिमायालाई जस्तै सोही स्थान बस्ने शारदा शाहलाई पनि खाने पानीको उस्तै सकस छ । शारदा शाहको घरमा पानीको धारा छ । तर धारा वरपर जुठा भाडा सुकेर बसेका छन् । धारो सुकेर हैरान छिन् उनी । बिहानभरको मेलापात गरेर घरमा आएर खाना खाएर बसेपछी सुकेको धाराबाट एक बाल्टी पानी निकाल्न उनलाई साह्ै गाहे हुन्छ । पानी पहेलो आउँछ । त्यो नभएपनि सुख छैन् । त्यही पानीले उनले बस्तुभाउँ, भाडा माँझने र घरको अन्य काम गर्ने बताईन् । वसन्तपुर बजारमा काम जानु पर्यो भने कहिल्यैकाही उतैबाट पिउने पानी ल्याउने उनको भनाई छ ।

उनको केही समय अगाडीसम्म बसन्तपुर बजारमा घुम्ती पसल थियो । उनी भन्छीन्, “ बजारमा पसल हुदाँ श्रीमानले उतैबाट साँझमा पिउने पानी ल्याउथे । अहिले पसल नभएपछी सधै जान पनि टाँडा छ । उनी अहिल्यै घरबाट आधा घण्टापरको गाँउ बेलटाँडीबाट पिउने पानी ल्याउने गरेकी छन् । पानीले गर्दा उनको बिहानको समय सबै खान्छ । साँझमा जाउ भने सर्पको डर हुन्छ । सकेसम्म बिहान जाने उनको भनाई छ ।

पानीको अभावका कारण यस बस्तीका महिलाहरुलाई समस्या भएको छ । पानी भर्ने जिम्मेवारी समालेका महिलाहरुले पानी बोक्नमै बिहान विताउनु परेको छ ।
पहेलो पानी आउँछ । हिउँद वर्खा जहिल्यै सुक्छ । खान मिल्ने छैन । घरको पछाडीबाट बग्ने खोला तरेर खाने पानी लिन जानु पर्छ । सबै जना एकै ठाँउमा जाउ भने पनि घरवेटी रिसाउने यहाँका महिलाहरु सुनाउँछन् । कामबाट आउदा राति पनि हुन सक्छ । राति पानी लिन गयो भने धेरै कुरा सुन्नु पर्छ । बरु पानी नखाई बस्ने रिखीमाया तामा· बताउँछीन् । आधा घण्टा हिडेर खोला तरेर जानु पर्दा वर्खाको समयमा खोला बढ्दा समस्या हुन्छ । यहाँ भएका १३ घर मध्य दश वटा घरका खोला तरेर अर्को गाँउ बिेलटाँडीबाट ल्याउने गरेका छन् भने तिन घरले अर्को गाँउ मिलनचोकबाट ल्याउने गरेका छन् ।

पानी ल्याउने घरको धारा विग्रियो भने बनाई दिनु पर्छ, वासर फर्ने, पाइप फेर्ने गरेको स्थानियहरु बताउँछन् । यहाँ दुईवटा धारा वफर जोनले दिएको छ । चारवटा मिलेर गाई बस्तुलाई पानी, खुवाउने, नुहाई धुवाईमा प्रयोग गदै आएको रिखीमायाको भनाई छ ।

पाँच वर्ष अगाडीबाट यस ठाँउमा आएर बसेका यहाँका स्थानीयहरु विभिन्न समस्यासंग जुद्धै आएका छन्। अधिंकाशको नागरिकता छैन भने, खाने पानी, बिजुली, शौचालय यहाँको प्रमुख समस्या हो । घर पछाडीबाट बादरमुढे खोला बग्छ । १३ वटा घरमा गरेर दुई बटा शौचालय र दुईवटा धारा छ । रुपन गुरु·को जग्गा छेउको ओइलानी जग्गामा बसोबास गदै आएका उनीहरुलाई पिउने पानीको समस्या नै ठुलो लाग्छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement