0Shares

भरतपुर महानगरपालिका वडा नं २७ मा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले जाडो न्यानो कपडा बितरण गरेको छ ।

वडा नं २७ मा रहेका श्री जानकी माध्यामिक विद्यालय मेघौलीमा अध्ययनरत ४३ जना बालबालिकालाई कपडा बितरण गरिएको वनका अध्यक्ष बेदनिधी सुबेदीले जानकारी दिनुभयो । जेहेन्दार तथा बिपन्न परिवारका बालबालिकालाई न्यानो स्विटर प्रदान गरिएको सुबेदीले बताउनुभयो । राधाकृष्ण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले प्रत्येक वर्ष बालबालिकालाई सहयोग गर्दै आएकोमा यस वर्ष पनि सो कामलाई निरन्तरता दिइएको सुवेदीको भनाई छ ।

सो कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं २७ का अध्यक्ष राम बहादुर भण्डारीले लोककल्याणकारी काम गरेकोमा सामुदायिक वन उपभोक्ता समुहलाई धन्यबाद दिदै वन जोगाए वातावरण पनि जोगिने र पर्यटन प्रबर्धनमा सहयोग पुग्ने बताउनु भयो ।

स्थानिय उपभोक्तालाई वनको आम्दानीबाट सहयोग पुर्याउने काम गरेर लोकल्याणकारी काम गरेकोमा वनको प्रशंसा समेत गर्नुभयो । उक्त कार्यक्रममा श्री जानकी माध्यामिक विद्यालय मेघौलीका प्रधानाध्यापक दुर्गा प्रसाद सापकोटाले विद्यार्थीहरु लाभान्वित भएको बताउनुभयो । यस्ता कृयाकलापले बालबालिकाको पढाईमा टेवा पुग्ने बताउदै न्यानो कपडा लगाएर विद्यालय आउन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा ६ वटा डस्टबिन समेत बितरण गरिएको थियो । उक्त कार्यक्रममा सामुदायिक वनका सचिब बेदकुमार महतो, कोषाध्यक्ष जागेश्वर भण्डारी, सहसचिब डिल्लीराम भुर्तेल, मेघौली खानेपानी उपभोक्ता समुहका कोषाध्यक्ष ऋषिराम त्रिपाठी लगायतको उपस्थिति रहेको थियो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement