क्यानडाबाट हिजोमात्रै फर्किएका थिए सिनामंगलमा मृत भेटिएका श्रीमान्-श्रीमती
0Shares
९ मंसिर, काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ ।
मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले बताए ।
उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।
त्यसपछि जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
0Shares
सम्बन्धित खवर
-
नवलपरासीको गैँडाकोट नगरपालिका ...
-
नेपाल प्रहरीको ३३ औं ...


















