श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा
0Shares
७ मंसिर, काठमाडौं । नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ ।
कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौं दुबै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको छ। घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुने उनले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको उनको भनाई छ । यसअघि नेवानिले समेत बिहीबार भाडा घटाएको घोषणा गरेको थियो ।
0Shares
सम्बन्धित खवर
-
फुलमाया रानाभाट चितवनका कानुन ...
-
चितवन, माघ ८ – चितवन महोत्सवका ...